तनहुँँ । जिल्ला प्रशासन कार्यालयले एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशमा रोक लगाएको छ ।
सवारी पास लिनेको संख्या बढ्दै गएको र लकडाउनको समेत उल्लंघन भएकाले पास वितरणमा पनि कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।
तनहुँमा बुधबारसम्म ६२२ जनाले सवारी पास लिएको जनाइएको छ ।
बिरामी, कर्मचारी, खाद्यान्न र तरकारी बोक्ने गाडी तथा एम्बुलेन्सलगायत अत्यावश्यक सवारी साधनलाई निर्बाध चल्न दिइएको प्रशासन कार्यालयले जनाएको छ ।रासस









प्रतिक्रिया दिनुहोस्