सिन्धुपाल्चोकमा उम्मेदवारी फिर्ता « Imagekhabar – Online News Portal of Nepal
२८ श्रावण २०७९, शनिबार | Sat Aug 13 2022


सिन्धुपाल्चोकमा उम्मेदवारी फिर्ता


338
Shares

काठमाडाैं । सिन्धुपाल्चोकमा स्थानीय तह निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका छन।

केही दलकै उम्मेदवारले समेत मनोनयन फिर्ता लिएका छन । मेलम्ची नगरपालिकामा भने नेपाली कांग्रेस र राप्रपाबीच तालमेल भएको छ । राप्रपाबाट प्रमुखका उम्मेदवार शेष बहादुर तामाङ र कांग्रेसबाट उपप्रमुखको उमेदवार सबिता गुरुङले मनोनयन फिर्ता लिएका हुन् ।

मेलम्चीमा नेपाली कांग्रेसबाट आइतमान तामाङ प्रमुख र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुमारी तामाङ उपप्रमुख हुने भएका छन। चौतारा साँगाचोकगढी नगरापालीकामा नेकपा माओवादी केन्द्रको बागी उम्मेदवारको रुपमा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका निवर्तमान मेयर अमानसीं तामाङले उम्मेदवारी फिर्ता लिनुभएको छ । उपमेयर पदमा बागी उम्मेदवारी दिएका नेकपा समाजवादीका जिल्ला नेता यज्ञ सापकोटाले पनि मनोनयन फिर्ता लिनुभएको छ ।

सुनकोसी गाँउपालिकामा भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ । सुनकोसीमा मात्रै १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन । यता पश्चिम नवलपरासीमा नेपाली कांग्रेस र एमालेका बागी उम्मेदवारसहित ३० जनाले उम्मेदवारी फिर्ता लिएका छन । ६ जनाको उम्मेदवारी रद्द भएको छ ।

रद्द हुनेमा बन्दसूचीमा रहेका र मतदाता नामावलीमा नाम नभएका छन । त्यस्तै १ जनाको पेश्की फर्छ्यौट नगरेकाले उम्मेदवारी रद्द भएको छ । ३ नगरपालिका र ४ गाउँपालिका सहित ७ स्थानीय तह रहेको जिल्लामा ७४ वडा छन ।

३ सय ८४ पदका लागि कुल २१ सय ९ जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी रुद्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।