Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


उतारचढावबिना निरन्तरता


130
Shares

काठमाडौं । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध सुरु भएको यो साता ७५ वर्ष पुगेको छ। सन् १९४७ अप्रिल २५ मा दुई देशबीच कूटनीतिक सम्बन्ध सुरु भएको थियो। बेलायतपछि नेपालसँग कूटनीतिक सम्बन्ध सुरु गर्ने अमेरिका दोस्रो मुलुक हो। नेपालको महत्त्वपूर्ण विकास साझेदार समेत रहेको अमेरिकाले यहाँको सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान गरेको छ। अमेरिकाले औलो रोग उन्मूलनदेखि सामुदायिक वनको विकासमा समेत महत्वपूर्ण सहयोग गरेको छ।

यो वर्ष अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयनमा नेपाली पक्षबाट अपरिपक्वता प्रदर्शन हुँदा दुई देशबीचमा आशंकाको अवस्था सिर्जना भयो। तर एमसिसी कार्यान्वयनमा गएसँगै आशंका पनि अन्त्य भएको कूटनीतिक मामिलाका जानकारहरू बताउँछन्। ७५ वर्षको अवधिमा नेपाल र अमेरिकाबीच निरन्तर र उतारचढावरहित सम्बन्ध रहँदै आएको अमेरिकाका लागि पूर्व नेपाली राजदूत जयराज आचार्य बताउँछन्। ‘अमेरिकासँगको हाम्रो सम्बन्ध निरन्तर बलियो हुँदैछ,’ उनले भने।

छिमेकी मुलुक र कतिपय मित्रराष्ट्रसँगको सम्बन्धमा उचारचढाव आए पनि अमेरिकासँग कुनै असमझदारीबिनै सम्बन्ध अघि बढिरहेको आचार्यको विश्लेषण छ। उनी अमेरिकाले नेपालको आर्थिक सामाजिक विकासमा दिगो प्रभाव पार्ने काम गरेको बताउँछन्। त्यसमध्येको एउटा महत्वपूर्ण काम नेपालबाट औलो उन्मूलन भएको उनले बताए। सन् १९५० को दशकमा नेपालमा औलोले करिब २५ प्रतिशत जनसंख्यालाई असर पारेको थियो। सन् १९६८ सम्म नेपालमा करिब २० लाख औंलोको बिरामी थिए। अमेरिकाले युएसआइडीमार्फत सञ्चालन गरेको औलो नियन्त्रण कार्यक्रमले यस्ता बिरामीको संख्या दुई हजार चार सय ६८ मा झारेको थियो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।