 
	    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावेसँगको एकदिवसीय क्रिकेट सिरिजका लागि १६ खेलाडी छनोट गरेको छ ।
शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तीन एकदिवसीय क्रिकेट खेलका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।
टीममा कप्तान लामिछानेसँगै आशिफ शेख, देव खनाल, दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुसन भारी र आदिल अन्सारी छन् ।
नेपालले जिम्बावेसँग शनिबार, सोमबार र बुधबार एकदिवसीय तथा शुक्रबार, शनिबार र सोमबार टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ ।
खेलका लागि जिम्बावे ‘ए’ टोली नेपाल आइसकेको छ । टीममा जिम्बावेको राष्ट्रिय टोलीबाट खेल्ने ६ जना खेलाडी रहेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्