२१ फाल्गुन २०८०, सोमबार | Mon Mar 4 2024


सिद्धार्थ र कियारको ब्रेकअप


2.938k
Shares

काठमाडौं । भारतका बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणीकाे ब्रेकअपको खबर सार्वजनिक भएकाे छ ।

अभिनेता सिद्धार्थ मल्होत्रा ​​र अभिनेत्री कियारा आडवाणी बलिउडको प्यारो जोडी मध्ये एक हु्न् । याे जोडी सधैं आफ्नो प्रेम सम्बन्धका कारण चर्चामा आइरहेको थियो । तर, दुवैले आफूहरू सम्बन्धमा रहेको कुरा पुष्टि गरेका थिएनन् । सिद्धार्थ र कियाराको ब्रेकअप भएकाे भारतीय संचार माध्मले जनाएका छन । तर, उनीहरुको ब्रेकअपकाे कारण भने अझै खुल्न सकेको छैन ।

लामो समयदेखि डेटिङ गरेपछि सिद्धार्थ र कियारा अलग भएका छन । उनीहरूलाई डिनर डेट र अन्य कार्यक्रमहरूमा पनि सँगै देखिने गरिन्थ्यो । उनीहरु दुवै जना छुट्टी मनाउनका लागि विदेश यात्रामा पनि सँगै जाने गरेका थिए ।

सिद्धार्थ र कियारा अलग भएकाे भारतीय संचार माध्मले जनाएका छन । अहिले उनीहरूले एक-अर्कालाई भेट्न समेत छोडिसकेका छन् । उनीहरूको फिल्मको कुरा गर्ने हो भने यी दुवै ‘शेर शाह’ फिल्ममासँगै पहिलोपटक देखिएका थिए ।

साेही फिल्मबाट उनीहरुबीचकाे प्रेम सम्बन्ध प्रगाढ बनेकाे थियो ।