दक्षिण भारतीय अभिनेता विजय बाबुविरुद्ध बलात्कारको मुद्दा दर्ता « Imagekhabar – Online News Portal of Nepal


दक्षिण भारतीय अभिनेता विजय बाबुविरुद्ध बलात्कारको मुद्दा दर्ता


273
Shares

एजेन्सी । दक्षिण भारतीय अभिनेता तथा निर्माता विजय बाबुमाथि बलात्कारको मुद्दा दर्ता भएको छ ।

उनीविरुद्ध फिल्ममा अभिनय गराउने आश्वासन देखाएर बलात्कार गरेकाे भन्दै एक युवतीले २२ अप्रिलमा केरेला प्रहरीमा जाहेरी दिएकी हुन् ।

विजयले पटक–पटक आफुमाथि शारीरिक शोषण गरेको र यौन शोषण गरेको पीडितले दाबी गरेकी छन् ।

पीडितले उजुरीमा विजयले एर्नाकुलमस्थित अपार्टमेन्टमा फिल्म क्षेत्रमा राम्रो अवसर दिने आश्वासन दिँदै पटक–पटक यौनशोषण गरेको आरोप लगाएकी छन् ।