
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालकी केन्द्रीय सदस्य उर्मिला अधिकारीले पार्टी परित्याग गर्नुभएको छ ।
थापा निकट महिला संगठनकी उपाध्यक्ष समेत रहनुभएकी उहाँले राप्रपाको केन्द्रीयसहित साधारण सदस्यसमेतबाट राजीनामा दिनुभएको हो ।
अध्यक्ष थापालाई सम्बोधन गर्दै उहाँले बिहीबार राजीनामा दिनुभएको हो ।
यसअघि बुधबार उपाध्यक्ष उद्धव पौडेलले पनि साधारण सदस्यबाटै राजीनामा दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्