भक्तपुर । मध्यपुर थिमी नगरपालिका–५ कमेरेटारमा पर्खालबाट हामफाल्दा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पर्खालबाट हामफाल्दा मोरङ सुन्दर हरैचा नगरपालिका–९ बिराटचोक घर भई हाल मध्यपुर थिमी नगरपालिका–५ कमेरेटारमा बस्दै आएकी ७४ वर्षीया मनमाया तिमिल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
घरनजिकै रहेको पिपलको रूखको फेदमा ५० मिटर अग्लो पर्खाल लगाएको छ । सोही पर्खालको माथिबाट हाम फाल्दा बुधबार मनमायाको मृत्यु र उनको छोरा ४९ वर्षीय मातुराम घाइते भएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
घाइते भएका छोरा मातुरामको भने मध्यपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल भर्ना गरिएको प्रहरी नायव उपरीक्षक पाण्डेले बताउनुभयो ।
दुवै जना डिप्रेशन बिरामी रही लामो समयदेखि औषधी सेवन गर्दै आईरहेको भन्ने बुझिन आएको प्रहरीले जनाएको छ । थप अनुसन्धान कार्य भईरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्