Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


सातामा दुई दिन बिदाः उत्पादकत्वमा ह्रास आउने दावी


546
Shares

काठमाडौं । इन्धनको खपत घटाउन सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै सेवा प्रवाह र उत्पादकत्वमा थप प्रभाव पार्ने अर्थविद्हरूले बताएका छन् । संकटको बेलमा बढी काम गरेर आम्दानी बढाउने कि बढी विदा दिएर खर्च जोगाउने भन्ने द्विविधामा सरकार फसेको उनीहरूको तर्क छ।

संसारका धेरै मुलुकमा दुई दिन बिदा दिने चलन भए पनि उत्पादकत्व करिब नकारात्मक भएको तथा सेवा प्रवाहको क्षेत्रमा अत्यन्तै पछाडि रहेको मुलुकमा विदा थप्दा त्यसले विभिन्न क्षेत्रमा नकारात्मक असर गर्ने उनीहरुको तर्क छ ।

विश्वव्यापी मान्यताअनुसार हप्तामा ४० घण्टा काम गर्ने चलन छ । तर, त्यस्ता देशमा घण्टाको हिसावमा काम हुन्छ । त्यहाँको सेवा प्रवाह चुस्तदुरुस्त छ भने अधिकांश काम अनलाइनको माध्यमबाट नै सञ्चालन हुन्छ । साथै एक ठाउँको नागरिकलाई अर्को ठाउँमा पुग्न र सरकारी सेवा उपभोग गर्न कुनै कठिनाइ हुँदैन । तर, नेपाल सेवा प्रवाह र उत्पादकत्वको क्षेत्रमा पछाडि रहेका कारण यसले सकारात्मक भन्दा पनि नकारात्मक असर बढी पार्ने विज्ञहरुको तर्क छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।