सिन्धुपाल्चोक । जिल्लाका प्रमुख प्रतिस्पर्धी राजनीतिक दलहरुले नगरपालिकारगाउँपालिका प्रमुखरउपप्रमुखका रुपमा नयाँ अनुहारलाई प्राथमिकता दिएर चुनावी मैदानमा उतारेका छन्। अधिकांश उम्मेदवार नयाँ अनुहारका छन्। अघिल्लो स्थानीय तह चुनावबाट बाह्रविसे नगरपालिका प्रमुख जितेका निमफुञ्जो शेर्पा र उपप्रमुख जितेकी सुशीला पाख्रिन त्यस्ता भाग्यमानी नेता, उनीहरुले दोस्रो पटक दोहोरिने मौका पाए। यो पटक पनि एमालेबाट बाह्रविसेको नगर प्रमुखमा शेर्पा र उपप्रमुखमा पाख्रिन उम्मेदवार बनेका छन्। त्यस्तै भाग्यमानीमा पर्छन्, पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा र उपप्रमुख सुनिता अधिकारी। अघिल्लो चुनाव एमालेबाट जितेका उनीहरुले यो पटक पार्टीबाट सोही पदमा दोहोरिने मौका पाए।
भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेललाई माओवादीले पुनः सोही पदमा दोहोर्याएको छ। सुनकोसी गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसी र हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन लामा फेरि सोही पदमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। कांग्रेसका उनीहरुले दोहोर्याएपछि त्यहाँ बिबाद छ। पार्टीभित्रैबाट उनीहरुविरुद्ध युवा नेताले बागी हालेका छन्।अघिल्लो चुनाव जितेका आठ प्रमुखरअध्यक्षले फेरि दोहोर्याउन पाएनन्। उनीहरुको ठाउँमा पार्टीले नयाँ अनुसार अघि सारेका छन्। १० उपप्रमुखरउपाध्यक्षले पनि दोहोर्याउने अवसर पाएनन्। बढुवा पाउनुको सट्टा उनीहरु ‘उपमा चुप’लागेर बाहिरिए। बढुवा दाबी गरे पनि उनीहरुलाई पार्टीले पत्याएन। उनीहरुको स्थानमा नयाँलाई नै मौका दिइएको छ।
अघिल्लो चुनाव हारे पनि केही पार्टीले पुरानै उम्मेदवारलाई सोही पदमा अघि भने सारेका छन्। बाह्रविसे नगरपालिकामा कांग्रेसबाट बालकृष्ण बस्नेत अध्यक्ष र मञ्जु तामाङ उपाध्यक्षको उम्मेदवार बनेका छन्। बस्नेत अघिल्लो चुनावमा सोही पदमा पराजित भएका थिए। तामाङलाई चुनावी प्रतिस्पर्धा नयाँ अनुभव हो। यहाँ माओवादी केन्द्रबाट अध्यक्ष बनेका बुद्धराज बस्नेत अघिल्लो चुनावमा पराजित भएका थिए। उपप्रमुखको उम्मेदवार पातली थामीले पहिलोपटक अवसर पाउँदैछिन्।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्