पोखरा, चैत १९ । पोखरामा बुधबार दिउँसो असिना–पानी परेको छ ।
दिउँसो १ बजेदेखि करिब साढे एक घन्टा परेको असिना–पानीले पोखरा जलमग्न भएको हो ।
लगातारको असिना–पानीले मोटरसाइकल र गाडीको ऐना फुटाएको छ भने केही समय सडक पार गर्नसमेत मुस्किल भएको थियो ।
असिना–पानीले करोडौंको तरकारी तथा फलफूलसमेत नस्ट भएको छ ।
विशेषगरी मालेपाटन, सराङकोट, मासबार, पर्स्याङ, छोरेपाटन, अर्मला, लामाचौरलगायतका ठाउँमा बालीमा बढी क्षति पुर्याएको छ ।









प्रतिक्रिया दिनुहोस्