Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


हवाई सुरक्षामा नेपालको प्रगति


234
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई सुरक्षा (एयर सेफ्टी) अडिटमा नेपालले प्रगति गरेको छ ।

सोमबार नेपाल नागरिक उड्डयन प्राविधिकरणले पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ) ले गरेको बृहत अध्ययन तथा मूल्यांकन (अडिट) ले दिने नम्बरमा नेपालले प्रगति गरेको जनाएको हो । आईकाओले अप्रिल १३ देखि २५ तारिखसम्म उक्त अध्ययन गरेको थियो । पत्रकार सम्मेलनमा प्राविधिकरण महानिर्देशक प्रदीप अधिकारीले आईकाओले दिने नम्बरमा प्रगति भएर ७०.१ प्रतिशत पुगेको बताए ।

यसअघि गरिएको अडिटमा नेपालले ६६.०२ नम्बर पाएकोमा सन् २०२२ को अडिटमा ३.४३ प्रतिशतले बढेको उनले जानकारी दिए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।