२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


निर्माण ठप्प पार्दा विकास खर्चमा अवरोध


78
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादनहरूको संस्था नेपालले जारी आन्दोलन स्थगित गरेका छन् ।

दुवै संस्थाले बिमा समितिले जारी गरेको ननट्रयारिफ बिमाको न्यूनतम प्रिमियम खारेजीको माग गर्दै आएका थिए । सोमबार बिमा समितिले महासंघ र इपानलयायत विधिन्न सरोकारवालाहरूसँग छलफल गरेपछि आन्दोलन स्थगित भएको हो ।

बिमा समितिले हाललाई ‘मिनिमम रेट फर ननट्रयारिफ इन्स्योरेन्स बिजनेस’ सम्बन्धी निर्देशिकालाई स्थगन गर्ने निर्णय गरेर समितिका कार्यकारी निर्दैशक राजुरमण पौडेलको संयोजकत्वमा उपसमिति गठन गरेको छ । उक्त उपसमितिले ७ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।