Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


तामझामसहित राप्रपाको उम्मेदवारी


390
Shares

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तामझामका साथ उम्मेदवारी दर्ता गरेको छ ।

नेपालगञ्जमा नारा जुलुशका साथ बजार परिक्रमा गर्दै राप्रपाले उम्मेदवारी दर्ता गरेको हो । अरु पालिकाहरुमा पनि राप्रपाले उम्मेदवारी दर्ता गरेको छ ।

राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाको उपस्थितिमा राप्रपाका उम्मेदवारहरु समर्थकका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।