सन्दकपुर गाउँपालिकामा एमालेका जिल्ला सचिवनै बागी उम्मेदवार « Imagekhabar – Online News Portal of Nepal


सन्दकपुर गाउँपालिकामा एमालेका जिल्ला सचिवनै बागी उम्मेदवार


442
Shares

काठमाडौं । नेकपा एमाले इलामका सचिव उमेश गुरुङ्गले इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा बागी उम्मेदवारी दिनुएको छ ।

एमालेको टिकट वितरणमा असन्तुष्ट गुरुङले बागी उम्मेद्वारी दर्ता गराउनुभएको हो ।

सन्दकपुर गाउँपालिकामा एमाले उदय राईलाई टिकट दिएको छ ।

राईले सोमबार मनोनयन दर्ता गराउनुभएको छ । गाउँपालिकाको निर्वातमान अध्यक्ष समेत रहेका राई नेकपा एमालेका उपाध्यक्ष हुन्, पार्टीले उपाध्यक्षलाई टिकट दिएपछि सचिव गुरुङले बागी उम्मेदवारी दर्ता गराउनुभएको हो ।

गुरुङले सोमबारनै जिल्ला कमिटिको सचिवबाट राजीनामा दिनुभएको हो । गुरुङले एमालेको जिल्ला अधिवेशनमा प्रकाश अधिकारीलाई पराजित गर्दै सचिव निर्वाचित हुनुभएको थियो ।

सन्दकपुर गाउँपालिकामा वडाअध्यक्षमा समेत बागी परेको छ । योगेन्द्र राउतले बागी उम्मेदवार दर्ता गराउनुभएको छ । त्यहाँ एमालेले निरोज राउतलाई वडाअध्यक्षको टिकट दिएको थियो । इलाम नगरपालिका ९ का शेरबहादुर खड्काले बागी दिनुभएको छ । त्यहाँ ललित चौहान एमाले आधिकारिक उम्मेदवार हुनुहुन्छ ।