२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


घिसिङद्वारा खेलाडी कल्याणकारी कोषमा २ लाखबढी आर्थिक सहयोग


117
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई आर्थिक सहयोग गर्नुभएको छ ।

सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघमा आयोजित कार्यक्रममा नवनियुक्त सदस्य सचिव घिसिङले सो कल्याणकारी कोषलाई नगद २ लाख ९ हजार १ सय १४ रुपैया हस्तान्तरण गर्नुभएको हो ।

अदालतको फैसाला पछि काममा फर्किएका उहाँले मुद्धा अदालतमा विचारधिनको अवधि ३ महिना १६ दिनको सेवा सुविधाको पैैसालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई प्रदान गर्नुभयो । पूर्व सदस्य सचिव रमेश कुमार सिलवालले सदस्य सचिवको पुनबहालीका लागि अदालतमा मुद्धा दायर गरेपछि घिसिङको नियुक्तीलाई अदालतले तत्काल रोक्न भनेको थियो । पछि अदालतले रमेश कुमार सिलवालको मुद्धा खारेज गरेपछि घिसिङ पुनः काममा फर्किनु भएको थियो ।

सोही बीचको अवधिको सेवा सुविधा बापतको पारिश्रमिक खेलाडीहरुकै लागि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ खेलाडी कल्याणकारी कोषलाई प्रदान गरिएको सदस्य सचिव घिसिङले बताउनुभयो ।