भरतपुरको मेयरमा एमालेका सुवेदीद्वारा मनोनयन दर्ता « Imagekhabar – Online News Portal of Nepal


भरतपुरको मेयरमा एमालेका सुवेदीद्वारा मनोनयन दर्ता


286
Shares

भरतपुर । चिनवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले मनोनयन दर्ता गराउनुभएको छ ।

उहाँको प्रस्तावकमा देवी ज्ञवाली र समर्थक कृष्णभत्त पोखरेल रहेका छन् ।

यस्तै, उपमेयरमा राप्रपासँग तालमेल गर्ने सहमति भएको थियो । राप्रपाका उमेदवार भने आएका छैनन् ।

नेकपा एमालेबाट भरतपुरका मेयर उमेदवार सुवेदीले मनोनयन दर्ता गर्नुअघि जननेता मदन भण्डारी र नेपाली राजनीतिका शिखर व्यक्तित्व बिपी कोइरालाको शालिकमा माल्यार्पण गरेका थिए ।