काठमाडौं । जब देशमा चुनाव आउँछ अनी नानाभाँती कुरा सुनिनु र देखिनु अब सामान्य भैइसक्यो र जनताले बानी पनि पारिसके । तर नजानिँदो तरिकाले पुन: गल्ती दोहाेर्याइन्छ अनी पाँच वर्षसम्म टाउँकोमा हात राख्न थाल्छौ हामी । अर्थात भनौँ चुनाव सकिएको केही समयदेखि नै पश्चताप गर्न थाल्छौ र कुराहरू छताछुल्ल पाछौँ । कुनैपनि दल छैनन् होला ब्रेप्रदर्शन गर्ने, आफ्ना पालामा यति गयौँ र उति गर्नेछौँ भनेर ।
तर, नेताहरूले कहिल्यै साझा गरेका छैनन् कि उनीहरूले देखाएको विकासको मार्ग गलत भयो भनेर, अनी आफैँ गर्व गर्छन् र राजनीतिलाई व्यवसायमा लग्यौँ भनेर यस्तै पछिल्लो बहुचर्चित विषय बनेको छ भ्यू टावर । जसलाई विकासँग लगेर जोडिएको छ । अनी भोट ब्यांक बनाइएको छ ।
टावरबाट नेताले के देखे थाहा छैन् , किनकी उनीहरू झुट बोल्न माहिर छन् । तर, तल्लो तहबाट जनताले टावरबाट जीवन समृद्धि हुने कुरा पक्कै देखेका छैनन् ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्