काठमाडौं । सत्तारूढ गठबन्धनबीच महानगर र उपमहानगरपालिकामा सिट बाँडफाँटमा सहमति भएसँगै उम्मेदवारी टुंगो लगाउने गृहकार्यमा छन् । पाँच दलीय गठबन्धनमा सहमतिकै आधारमा ६ महानगर र ११ उपमहानगरपालिकामा सिट बाँडफाँट टुंगो लागेको थियो ।
सत्तारूढ दलबीच ७७ वटै स्थानीय तहमा गठबन्धन गर्ने समझदारी भए पनि सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसकाको तल्लो कमिटीमा असन्तुष्टि बढेपछि गठबन्धनले नगरपालिका र गाउँपालिकामा आवश्यकताको आधारमा गठबन्धन गर्न निर्देशन दिएको थियो ।महानगर र उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बराबर सिट पाएका छन् ।
तर, नगरपालिका र गाउँपालिकाको सिट बाँडफाँटमा भने एकीकृत समाजवादीलाई पाखा लगाउँदै कांग्रेस र माओवादीबीच धमाधम गठबन्धन बन्न शुरू गरेको छ । केन्द्रमा सत्ता गठबन्धन गर्ने समझदारी बने पनि नगरपालिका र गाउँपालिकामा तीन दलबीच गठबन्धन बन्न सकिरहेको छैन । गठबन्धनबीच गत निर्वाचनमा एमालेबाट निर्वाचित भई हाल समाजवादीको जनप्रतिनिधि रहेका ठाउँमा समाजवादीलाई छोड्ने सहमति बनेको थियो । तर, अधिकांश स्थानीय तहमा समाजवादीलाई छोडेर कांग्रेस र माओवादीबीच गठबन्धन बन्ने क्रम शुरू भएपछि एकीकृत समाजवादी रुष्ट बनेको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्