काठमाडौं । मन्त्रिपरिषद्ले डिजीटल नेपाल फ्रेमवर्क स्वीकृत गरेको साढे दुई वर्षपछि बल्ल यसको कार्यान्वयन सुरु भएको छ । केपी ओली नेतृत्वको सरकारले २०७६ कात्तिक ५ गते पारित गरेको डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयनका लागि सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाएको हो ।
मन्त्रालयका अनुसार डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको मेरुदण्ड मानिएको डिजिटल नेपाल एक्सेलरेसन प्रोजेक्टका लागि मन्त्रालयको सरोकारवालाहरूसँग सुझाब मागेको छ ।
डिजिटल नेपाल एक्सेलेसन प्रोजेक्टका अन्तर्गत सरोकारवाला व्यवस्थापन योजना, वातावरणीय तथा सामाजिक प्रतिवद्धता योजना लगायतका मस्यौदा तयार भएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्