काठमाडौं, साउन २६ । नेपाली कांग्रेसका पुराना नेता भरतशमशेर राणाको निधन भएको छ ।
राणाको ९० वर्षको उमेरमा भारतको कोलकातास्थित निवासमै निधन भएको हो ।
राणाको शनिबार बिहान निधन भएको जनाइएको छ ।
वि.सं. २०१५ सालको आमनिर्वाचनमा धादिङबाट निर्वाचित राणा नेपालको पहिलो जननिर्वाचित संसदमा प्रमुख प्रतिपक्षी दलका नेता रहेका थिए ।
२०१७ सालमा उनले आफ्नो पार्टीलाई निःशर्त नेपाली कांग्रेसमा विलय गराएका थिए ।
राणा कांग्रेससँग एकता हुनुअघि तत्कालीन गोर्खा परिषदका महामन्त्री थिए । कांग्रेसमा पार्टी विलय गराएपछि राणा भारत बस्न थालेका थिए ।
राणाका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।









प्रतिक्रिया दिनुहोस्