काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनतालाई रैतीबाट सार्वभौम सम्पन्न जनता बनाउनका लागि काँग्रेसको भूमिका महत्वपूर्ण भएकाे बताउनु भएकाे छ।
नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख )ले आज (शनिबार ) आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनु भएकाे हाे। जीवन र जीविकोपार्जनको पूर्ति काँग्रेसले मात्र गर्नसक्ने उहाँकाे तर्क छ। काँग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने समेत उहाँले बताउनुभएकाे हाे।
संविधानको नेतृत्व गरेको पार्टी काँग्रेसले आर्थिक क्रान्तिको नेतृत्व समेत गर्ने उहाँकाे दावी छ। बहुदल आएपछि काठमाडौँ क्षेत्र नं ७ को विकासले फड्को मारेको समेत उहाँले जिकीर गर्नुभएकाे छ। यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा समेत प्रभाव पार्ने भएकाे उहाँले बताउनुभएकाे छ ।
तर, जिम्मेवार पार्टीका प्रतिनिधिलाई टिकट दिएर विजय गराउन सबै कार्यकर्तालाई काँग्रेसका नेता प्रकाशमान सिंहले आग्रह समेत गर्नुभयाे ।









प्रतिक्रिया दिनुहोस्