Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


काठमाडौंमा अलपत्र परेका मानिस बोकेर हिडेको जिप दुर्घटना, ३० जना घाइते


0
Shares

रामेछाप । खांडादेवी–१ राकाथुममा आज बिहान भएको जिप दुर्घटनामा ३० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार काठमाडौंबाट रामेछापको टोकरपुर जाँदै गरेको बा १४ च ९४९८ नम्बरको जिप खाँडादेवी गाउँपालिका १ माझीगाउँस्थित सडकबाट करिब १ सय ५० मिटर तल खसेको हो ।

दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनामा परेका २७ जनालाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले  बताएको छ ।

दुर्घटनामा सामान्य घाइते भएका चालकसहित ३ जनाको स्थानीय लुभुघाटमा उपचार भइरहेको छ ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिपमा लकडाउनका कारण काठमाडौंमा अलपत्र परेमा रामेछापका विभिन्न ठाउँका मान्छे आउँदै गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु काठमाडौंमा अलपत्र परेपछि पास बनाएर गाउँ फर्किरहेका थिए ।