एफएनसीसीआई र कोस्मेबीच समझदारी « Imagekhabar – Online News Portal of Nepal


एफएनसीसीआई र कोस्मेबीच समझदारी


26
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सीबीच साना तथा मझौला उद्यम व्यवसायमा सहकार्यका लागि समझदारी भएको छ ।

समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र एजेन्सीका उपाध्यक्ष मुन ह्वान किमले हस्ताक्षर गर्नुभयो । समझदारीपत्र हस्ताक्षर कार्यक्रम भर्चुअल माध्यमबाट भएको हो ।

विशेषगरी अन्तराष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान र आर्थिक व्यवसायिक सहयोग अभिवृद्धि गर्ने समझदारीको मुख्य उद्देश्य रहेको छ ।