Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


एससीटीले गर्‍यो आफ्ना नयाँ लोगो सावर्जनिक र सेवाहरुमा सुधारको घोषणा


52
Shares

काठमाडौं । नेपालमा कार्ड र भुक्तानी प्लेटफर्म प्रदायक कम्पनीका रूपमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको एससीटी (स्मार्ट च्वाइस टेक्नोलोजीज) ले आफ्ना सेवाहरूमा सुधारको घोषणा गरेको छ ।

आफ्ना सेवाहरूमा सुधारको घोषणासँगै एससीटीले आफ्नो नयाँ लोगो पनि सार्वजनिक गरेको छ । नेपालबाट सञ्चालित यस कम्पनीले ‘क’ वर्गका वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थालाई विभिन्न प्रकारका कार्ड र भुक्तानी प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।

एससीटीले सूचना प्रविधि मेला (क्यान इन्फोटेक) को अवसर पारेर एक कार्यक्रमकाबीच आफ्नो सेवामा सुधारको घोषणा र नयाँ लोगो सार्वजनिक गरेको हो ।

सो अवसरमा एससीटीका सीईओ नारायणप्रकाश भुजुले कम्पनीले पोर्टफोलियोमा थपेका नयाँ सेवाहरू अगाडि ल्याउन पाउँदा उत्साहित भएको भन्दै नेपाललाई डिजिटल भुक्तानीमा विश्वभर उत्कृष्ट प्रविधिमा आधारित बन्न मद्दत पुर्याउने कम्पनीको भिजनलाई नयाँ लोगोले सङ्केत गरेको बताउनुभयो । उहाँले क्यान इन्फोटेक प्रविधिको क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि आयोजना गरिँदै आइरहेको ‘इभेन्टमा’ लोगो र सेवाहरू सार्वजनिक गर्न पाउनु महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो ।

सन् २००१ मा स्थापित, एससिटी र एसिटी–नेटवर्क को रुपमा चिनिने स्मार्ट च्वाइस टोक्नोलोजी लिमिटेड, नेपाल राष्ट्रिय बैंक अन्तर्गत लाइसेन्स प्राप्त भुक्तानी सेवा अपरेटर (पिएसओ) हो ।