२४ मंसिर २०८०, आइतबार | Sun Dec 10 2023


अहिलेकै गतिले कोरला–त्रिवेणी सडक निर्धारित् समयमा पूरा हुँदैन : मुख्यमन्त्री


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, साउन २६ । गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अहिलेकै गतिमा कोरला–त्रिवेणी सडकखन्ड निर्धारित् समयमै पूरा नहुने दाबी गरेका छन् ।

उनले उक्त सडक केन्द्रीय सरकारको मातहतमा रहेको र कामको गति पनि सुस्त भएको भन्दै तीन वर्षमा पूरा नहुने दाबी गरे ।

शनिबार ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको १५औं अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘चीन र भारत जोड्ने यो सडकखन्ड केन्द्रीय सरकारको मातहतमा छ र काम पनि सुस्तगतिमा रहेको छ । यो गतिले तीन वर्ष त के पाँच वर्षमा पनि यो सडक सम्पन्न हुँदैन’–उनले भने ।

मुख्यमन्त्री गुरुङले यसको सबै अधिकार प्रदेशलाई नदिएसम्म कामले गति नलिने जिकिर पनि गरे ।

साथै, सरकारले २० लाख पर्यटक भित्र्याउने योजना अहिलेकै अवस्थामा सफल नहुने उनको भनाइ थियो ।