Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


‘लकडाउन अवज्ञा गर्न दिए देशमा भयावह स्थिति आउन सक्छ’


0
Shares

‘लकडाउन अवज्ञा गर्न दिए देशमा भयावह स्थिति आउन सक्छ’

काठमाडौं, चैत १७ । ‘लकडाउन’को अवधि एक साता बितिसक्दा काठमाडौंमा सर्वसाधारण घरभित्रै बसेका छन् ।

अटेर गरेर घर बाहिर निस्कनेहरु पनि निरन्तर फेला परिरहेका छन् ।

बिनाकाम घरबाट निस्कनेहरुलाई भने प्रहरीले नियन्त्रणमा लिइरहेको छ ।

एक दिनमा हजारजनाभन्दा बढीलाई नियन्त्रणमा लिने र तीन घन्टापछि छोड्ने गरिएको छ ।

यस्ता समाचार देशका विभिन्न सञ्चारमाध्यमहरुले बारम्बार प्रकाशन प्रसारण पनि गरिरहेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल संक्रमण समुदाय तहमा नपुगोस् भनेर लकडाउन गरिएको कुरा सर्वसाधारणले बुझ्नुपर्ने बताउँछन् ।

लकडाउन अवज्ञा गर्न दिने हो भने देशमा भयावह स्थिति आउन सक्ने भन्दै उनले सरकारको आग्रहलाई मानेर घरमै बस्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

काठमाडौंमा एक साताको अवधिमा दुई हजारभन्दा बढीलाई नियन्त्रणमा लिएर छाडिएको छ भने सयौं मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ ।