Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


एमालेले गण्डकी र लुम्बीनीका सासंदलाई टिकट नदिने


4.7k
Shares

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमालेले गण्डकी र लुम्बिनी प्रदेशका सांसदलाई टिकट नदिने भएको छ ।

गण्डकी र लुम्बिनी प्रदेशमा सरकार परिर्वतन हुने सम्भावनालाई मध्यनजरगरि एमालेले स्थानीय निर्वाचनमा ती प्रदेशका उम्मेदवार नबनाउने निर्याय गरेको हो । एमालेको बिहीबार बसेको सचिवालय बैंठकको निर्णयबारे जानकारी दिँदै एमाले उपसचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले यस्तो जानकारी दिनुभएको हो ।

उपसचिव गुरुङले जानकारी दिएअनुसार आज शुक्रबार सथानीय निर्वाचन २०७९ को लागि घोषणपत्र सार्वजनिक गरिंदै छ भने भोली शनिबार ६ ओटा महानगरपालिका र ११ ओटा उपनगरपालिकाको लागि प्रमुख र उपप्रमुख उम्मेदवार घोषणा गरिंदै छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।