Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


महाकाली नदीको गेट नखुले पछि धार्चुलामा पाँच सय नेपाली अलपत्र, गरे नाराबाजी


0
Shares

दार्चुला । भारतमा लगडाउनका कारण स्वदेश फर्किएका पाँच सय नेपाली धार्चुलामा अलपत्र परेका छन् ।

भारतका विभिन्न शहरमा काम गर्ने उनीहरु भारतमा लकडाउन भएसँगै घर फर्किएका थिए । महाकाली पुलको गेट नखोलेसँगैं नेपाल प्रवेश गर्न नपाएका उनीहरु अलपत्र परेका हुन् ।

कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालले पनि सीमा बन्द गरेको छ । उनीहरुले सीमामा नारा जुलुश समेत गरेका छन् ।

सीमा पारी पाँचसय जना जति छन् तिनीहरुलाई ल्याएर राख्ने क्वारेन्टाइन नभएकाले गेट बन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

माथि सरकारको आदेश विना ढोका खोल्न नमिल्ने उनले जानकारी दिए । यसअधि त्यही सीमा नाका हुँदैं तीन सय भन्दा बढी नेपाली नेपाल प्रवेश गरेका छन् ।