२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सार्वजनिक सम्पत्तिको अभिलेख संकलन सुरु


390
Shares

काठमाडौं । सरकारले सार्वजनिक सम्पत्तिको अभिलेख संकलन गर्ने कार्यलाई तीब्र रुपमा अगाडि बढाएको छ ।

नेपाल सरकारको नाममा रहेको सम्पत्तिको मूल्यांकन गर्ने हेतुले महालेखा नियन्त्रण कार्यालयले डेढ वर्षदेखि अभिलेख संकलन सुरु गरेको हो । तर, हालसम्म सरकारको नाममा रहेको सम्पत्तिको मूल्यांकन भने भइनसकेको महालेखा नियन्त्रण कार्यालयका प्रवक्ता नवराज ढुंगानाले बताए ।

केही समाचारमा सरकारको कुल सम्पत्ति एक खर्ब ८० करोड रुपैयाँ समाचार प्रकाशन भएपनि हालसम्म सरकारको २५ प्रतिशत पनि सम्पत्तिको मूल्यांकन भइनसकेको उनले बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।