काडमाडौं । नेपालको निकासी व्यापारमा आयातित भटमासको तेल र पाम आयलको वर्चश्व देखिए पनि मूल्य अभिवृद्धिमा आधारित वस्तुहरूमा भने धागो उच्च स्थानमा रहेको छ ।
चालू आर्थिक वर्षको आठ महिना अर्थात साउनदेखि फागुन महिनासम्म ८ अर्ब ४५ करोड २१ लख रुपैयाँको धागो निकासी भएको छ । नेपालमा निर्मित धागोको यो निकासी गत वर्षको सोहि अवधिको तुलनामा ६५.५९ प्रतिशतले बढि हो ।
अघिल्लो वर्षको ८ महिनामा ५ अर्ब १० करोड ४० लाख रुपैयाँको धागो निकासी भएको थियो ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्