सप्तरी । सरकारले घोषणा गरेको लकडाउनको अवज्ञा गर्दै सप्तरीको राजविराज नगरपालिकामा हाटबजार सञ्चालनमा ल्याइएको छ ।
सर्वसाधारणलाई फलफूल तथा तरकारी किन्न अफ्टेरो परेको भन्दै नगरपालिकाले राज रङ्गशालामा हाटबजार सञ्चालनमा ल्याएको हो ।
रङ्गशालामा आजदेखि दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्मका लागि तीन घण्टा हाटबजार लागेको हो ।
बजार पूर्ण रुपमा ठप्प रहेकोले सर्वसाधारणलाई किनमेल गर्न समस्या भएपछि हाट बजारले भौतिक दूरी व्यवस्थापन नगरेको स्थानीय वुद्धिजिवी चन्दन कुमार यादवले बताए ।
हाटमा विहान एक्कासी भींड बढ्ने गरेको हुँदा कोरोना भाइरसको संक्रमण हुनसक्ने सम्भावना रहेकोले तरकारी हाटको समय बढाउनुपर्ने नागरिक समाजका अगुवाहरुले आग्रह गरेका छन् ।
लकडाउनको अवस्थामा हाटबजार सञ्चालन गरिए पनि अव्यवस्थित रुपमा भीड बढ्दै गएकोले सम्बन्धित निकायले ध्यान दिनुपर्ने सामाजिक कार्यकर्ताहरुको सुझाव छ ।
लकडाउन घोषणा भएकै दिनदेखि सप्तरी जिल्लामा पूर्ण रुपमा पालना गराउन नेपाल, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालित गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्