Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


काँग्रेसमा युवा आकांक्षी बढी


52
Shares

वीरेन्द्रनगर । दैलेखमा नेपाली काँग्रेसबाट स्थानीयतह प्रमुखमा युवाहरु आकांक्षी बढी देखिएका छन्। आकांक्षी बढी हुँदा छनौट समितिमा सिफारिस पनि बढी युवाहरु परेका हुन्।आठविस नगरपालिकाबाट युवाहरु अर्जुन शाही, प्रेमप्रकाश शाही र दिपा बोहोरा रहेका छन्। ती मध्ये बोहोरा अहिले उपप्रमुख हुन्। प्रेमप्रकाश अघिल्लो चुनावमा एमालेका उम्मेदवारसंग हारेका थिए। अहिले नयाँ अनुहारका रुपमा रहेका समाजसेवी तथा दुई पटक नगर सभापति भएका अर्जुन शाही पनि सिफारिस भएका छन्। त्यस्तै सदरमुकाममा रहेको नारायणको नगर प्रमुखमा पनि सिफारिस हुनेहरुमा युवाहरुकै वर्जश्व रहेको छ।

नारायण नगरपालिकामा निर्मला खड्का, बास्ना थापा, भुपेन्द्र शाही, टेकबहादुर कटुवाल, यामबहादुर मल्ल, खेमराज केसी, रेशम विक, गणेशप्रसाद उपाध्याय, बखत कटुवाल, पूर्णबहादुर मल्ल, गणेशकुमार श्रेष्ठ, मनोजकुमार थापा र प्रकाश न्यौपानेको काम नगर समितिले सिफारिस गरेको हो। १३ जनामध्ये ९ जना युवाहरु छन्। जिल्लाले छान्न नसकेपछि प्रदेशमा सिफारिस गरिएको काँग्रेस पार्टी सभापति मणीराम रेग्मीले बताए।

कर्णालीको राजधानी वीरेन्द्रनगरमा पनि आकांक्षी बढी छन्। गठबन्धनबाट काँग्रेसको भागमा नगर पर्ने भएसंगै चर्चामा आएका सम्भावित उम्मेदवारहरुमा देवकुमार सुवेदी, विष्णु खड्का, नारायण कोईराला, उपेन्द्र खड्का र गोविन्द कोईराला हुन्। उम्भावित उम्मेदवार सवै युवा प्रतिनिधित्व छ। यी केही जिल्लाको युवा उम्मेदवारको उदाहरण मात्र हो। कर्णालीका जाजरकोट, सल्यान, रुकुम ९पश्चिम०, जुम्ला, कालिकोट लगायतका कर्णालीका अधिकाँश जिल्लामा यतिखेर युवा उम्मेदवारहरु सिफारिसका लागि अग्रपंतिमा आएका छन्। गाउँपालिकादेखि नगरपालिकासम्म प्रमुखदेखि वडाध्यक्षसम्म युवाहरु जवरजस्त रुपमा आफ्नो उम्मेदवारी अघि सारेका छन्। जसका कारण समाजमा राजनीति युवाहरुको हातमा पुग्ने आभास देखाएको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।