Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


कोरोना भाइरस प्रभावितका लागि विशेष राहतको कार्यक्रम घोषणा गर्दै सरकार


0
Shares

काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावितका लागि विशेष राहतको कार्यक्रम घोषणा गर्ने भएको छ ।

त्यसैका लागि आज मन्त्रीपरिषद्को बैठक बस्दै छ । मन्त्रीपरिषदको बैठक बस्नुअघि अपरान्ह १ बजे नोभल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्नेछ ।

सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा नोभल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति गठन गरेको थियो ।

समन्वय समितिको बैठकले राहतका सबै कार्यक्रमहरू तय गर्नेछ । त्यसपछि बस्ने मन्त्रीपरिषद् बैठकले छलफलबाट राहत कार्यक्रमको निर्णय गर्ने जानकारी उच्चस्तरीय समन्वय समितिले जनाएको छ ।

राहतका लागि मन्त्रीपरिषद् बैठकले नै निर्णय गर्नुपर्ने भएकाले मन्त्रीपरिषद्को बैठक बस्न लागेको हो ।