काठमाडौं(जिल्ला ब्यूरो) । किटाणु मार्नको लागि भन्दै पाँचथरको सदरमुकाम फिदिमममा कीटनाशक औषधी छर्किएको छ ।
फिदिम नगरपालिकाले शनिबारबाट ‘ब्लिजिङ पाउडर छर्किएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोराना भाइरसको सतर्कताको निम्ति भन्दै ‘ब्लिजिङ पाउडर छर्किएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिका अधिकारीले बताए ।
उनका अनुसार ‘ब्लिजिङ पाउडर अस्पताल, क्वारेन्टाइन निर्माण भएका स्थलहरु, भिडभाड हुने तथा फोहोर क्षेत्रफलमा छर्किएको हो ।
आवश्यकता अनुसार पाउडर छर्किने उनको भनाइ छ । पाउडरले भाइरसको कीटाणु मार्न सहयोग पुग्ने उद्देश्यले पाउडर छर्किएको अधिकृत अधिकारीले बताए ।
त्यस्तै, यता कोरोना भाइरसको संक्रमण फैलिन नदिन सिन्धुली जिल्लामा डिसइन्फेक्सन स्प्रे छर्न सुरु गरिएको छ ।
सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा अवस्थित कमलामाई नगरपालिकाले बजार क्षेत्र र सार्वजनिक स्थानमा डिसइन्फेक्सन स्प्रे छर्किन सुरु गरेको हो ।
कमलामाई नगरपालिकाले जिल्ला सदरमुकामको स्टलबजार, एक नम्बर बजार, दुई नम्बर बजार, अस्पताल रोड तथा मानिसहरुको चहलपहल हुने स्थानहरुमा डिसइन्फेक्सन स्प्रे छर्किको छ ।
नगरपालिकाले छरेको डिसइन्फेक्सन स्प्रेले किरा, ब्याक्टेरिया, भाइरस् मार्ने र कोरोना भाइरसलाई फैलिन नदिने बताइएको छ ।
कमलामाई नगरपालिकामा प्रमुख खड्गबहादुर खत्रीले डिसइन्फेक्सन स्प्रे छर्केर सो अभियान सुरुवात गरेका हुन् ।









प्रतिक्रिया दिनुहोस्