Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


आईएमएफले नेपालमा पुन: कार्यालय खोल्ने


6.7k
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रममा नेपाल प्रवेश गरेपछि नेपाल राष्ट्र बैंकभित्रै कार्यालय राखेर मुद्रा कोष १२ वर्षपछि फर्किन लागेको छ ।

हाल नेपाल राष्ट्र बैंकमा एकजना मात्र प्रतिनिधि रहने गरेकोमा नेपालको अर्थतन्त्रमा विविध समस्या आइरहेका तथा सरकार तथा प्रतिपक्षी दुवैले अर्थतन्त्रलाई राजनीतिकरण गरेका कारणले मुद्रा कोषले अर्को महिनाबाट नेपालमै कार्यलय रहने गरि नेपालका लागि टेरेसा दबान सान्चेजलाई आवसीय प्रतिनिधि तोकेको छ ।

१२ वर्षपछि आफ्नै कारणले फिर्ता गएको मुद्रा कोषले नेपाल, भारत र माल्दिभ्सलाई दिल्लीमा कार्यालय राखेर हेर्ने गथ्र्यो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।