Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


नेपालगञ्ज विमानस्थलमा विमान धावन मार्गमा चिप्लियो, यात्रु सकुशल


0
Shares

नेपालगन्ज । नेपालगञ्ज विमानस्थलमा नेपाल वायु सेवा निगनको वाई १२ विमान धावन मार्गमा चिप्लिएको छ ।

विमान धावनमार्गबाट चिप्लिएर घाँसेमैदानतर्फ पुगेको छ । विमानमा रहेका चालक दलका तीन जना र दुई जना चिकित्सक सबै सकुशल छन् ।

काठमाडौंबाट कोभिड–१९ का सम्भावित संक्रमितका नमूना लिन गएको निगमको चार्टर्ड उडानको विमान धावनमार्गमा अवतरणका क्रममा चिप्लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिव सिंहले जानकारी दिए  ।

चिकित्सकसहितको नमूना सामग्री लिन निगमको अर्को जहाज नेपालगञ्ज पठाइने बताइएको छ । 

 

Skip This