
काठमाडौं । खानेपानी महसुल निर्धारण आयोगमा राजनीतिक आस्थाका आधारमा पदाधिकारी नियुक्त गर्न खोजिएको भन्दै आलोचना भएको छ ।
लामो समयदेखि रिक्त आयोगमा पदाधिकारी नियुक्त गर्न दरखास्त आह्वान भएसँगै यस्तो आलोचना भएको हो ।
खानेपानी मन्त्रालयले २०७८ असार २४ गते आयोगको अध्यक्ष पदका लागि अन्तर्वार्ता लिइसकेको थियो, तर नियुक्ति भएन । अन्तर्वार्ता लिइसके पनि किन रद्द गरियो भन्ने विषयमा अहिलेसम्म कुनै पनि कारण खुलाइएको छैन् ।
प्रतिस्पर्धामा रहेको तीन जनाको अन्तर्वार्ता लिइएको थियो ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्