
कैलाली । कञ्चनपुरको वेदकोट नगरपालिका-६ मुसेपानीकी ४३ वर्षीय रञ्चुला साउदको धामीलाई जोखना हेराउन जाँदा मृत्यु भएको छ ।
पेट दुखेपछि उनी जोखना हेराउन धामीकँहा गएकी थिइन् । उनी प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँकै सार्वजनिक बाटो फिलिङ गर्थिन् । गत चैत २७ गते साँझ कामबाट फर्किदा उनको पेट दुख्यो । छिमेकी कमला भण्डारी साउदको घरमा धामी आएको थाहा पाएपछि उनी जोखना हेराउन त्यतैतिर लागिन् । धामीले थारु भुत लागेको भन्दै रञ्चुलालाई त्यहि घरको एउटा कोठामा लगेर थुनिएको स्रोतको भनाइ छ ।
रञ्चुलालाई राखिएको कोठामा कसैलाई पनि जान नदिएको उनकी छोरी सरिताले बताइन् ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्