Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


निर्वाचनको मितिप्रतिनै संशय हुने खालका अभिव्यक्तिले चिन्तित बनायो : प्रमुख निर्वाचन आयुक्त थपलिया


429
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनको मितिप्रतिनै संशय हुने खालका अभिव्यक्ति आउने गरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले धेरै विषयमा बहस र छलफलपछि स्थानीय तह निर्वाचनको मिति तोकिएको भएपनि त्यसमाथि नै संशय हुने खालका अभिव्यक्ति कहीकतै आएको उल्लेख गर्दै आयोग चिन्तित रहेको बताउनुभएको हो ।

शनिबार जनकपुरमा आयोजित स्थानीय तहको निर्वाचनको मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँले आम मतदातालाई मतदानमा भाग लिन पाउने अधिकारप्रति सचेत बनाउने खालका सञ्चार सम्प्रेषण गर्न पनि सञ्चार माध्यामहरुलाई आग्रह गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आम मतदातालाई दिग्भ्रमित पार्ने खालका समाचार सम्प्रेषण कुनै पनि सञ्चार माध्यामहरुले सम्प्रेषण नगर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय तह निर्वाचनमा स्थानीय तहकै सञ्चार माध्यामहरु निर्वाचन प्रचारप्रसारका लागि बढि उपयोगी हुने भएकाले त्यहाँकै लागि आयोगले बढि बजेट विनियोजन गरेको उल्लेख गर्दै सबै सञ्चार माध्यामहरुले विना भेदभाव त्यसको लाभ लिन सक्ने बताउनुभयो ।