Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


३ सय यात्रुसहित उड्यो कतार एयरको विशेष विमान


0
Shares

काठमाडौँ, चैत्र १४ कतार एयरलाइन्सको चार्टड विमान त्रिभुवन विमानस्थलबाट तीन सय भन्दा बढी विदेशी यात्रु लिएर  फ्र्याँकफर्टका लागि उडेको

दोहामा ट्रान्जिट अनुमतिप्राप्त उक्त विमानलाई जर्मन सरकारको अनुरोधमा नेपाल सरकारले उडान अनुमति दिएको हो । जर्मन दूतावास र सरकारको समन्वयमा शुक्रवार कतार एयरवेजको जहाजमार्फत् तीन सय विदेशी नागरिकलाई फर्काइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए।

आज उडाइएका विदेशी नागरिकलाई सरकारले मुस्ताङ, पोखरा, लुक्ला लगायत विभिन्न क्षेत्रबाट उद्दार गरेर ल्याएको थियो । एयरबस ३३०३०० विमानले सय भन्दा बढी यात्रु लिएर फ्र्याँकफर्ट उडेको हो

कोरोना भाइरसको संक्रमणको सम्भावना रोक्न सरकारले चैत्र गतेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो तर नेपालमा रोकिएका आफ्ना नागरिकहरुलाई ओसार्न जर्मन सरकारले अनुरोध गरेपछि विशेष उडानको अनुमति दिइएको हो

शनिबार पनि कतार एयरको एउटा उडानलाई दोहा हुँदै फ्र्याँकफर्ट उड्ने अनुमति दिइएको दुबै जहाजलाई काठमाडौँ आउँदा कुनै यात्रु ल्याउन दिइएको थिएन