सप्तरी, चैत १३ । सप्तरीमा कोरोनाको आंशकामा ९४ जनालाई ‘क्वारेन्टाइन’मा राखिएको छ ।
उनीहरुलाई सप्तरीका विभिन्न अस्पताल र स्थानीय तहमा बनाइएको क्वारेन्टाइनमा राखिएको हो ।
क्वारेन्टाइनामा राखिएकामध्ये महिलाको संख्या पाँच छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले कतार, मलेसिया र भारतका विभिन्न सहरमा रोजगारी गरी फर्केकाहरुलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।
क्वारेन्टाइनमा राखिएका सबै सप्तरी जिल्लाको भएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्