काठमाडौं, चैत १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मौज्दात सामग्रीको प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन चिकित्सकहरुलाई आह्वान गरेका छन् ।
उनले चिकित्सकहरुकै सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन् भन्दै धैर्य गर्न आग्रहसमेत गरेका छन् ।
बिहीबार उनले एक सन्देशमार्फत् कोरोनाभाइरस (कोभिड–१९) मानवीय संकटको एकजुट भएर सामना गर्नुपर्ने बताएका हुन् ।
चिकित्सक तथा प्राविधिकहरुलाई उनले भनेका छन्–‘सरकार तपाइँहरुसँगै छ, चिन्तित नहोऔं ।’









प्रतिक्रिया दिनुहोस्