Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


भारतबाट बझाङ भित्रिएका १८५ मध्ये ७० जना सम्पर्कबाहिर


0
Shares

बझाङ, चैत १३ । भारतबाट बझाङ जिल्लामा भित्रिएका १८५ जनामध्ये ७० जना सम्पर्कबाहिर रहेका छन् ।

स्थानीय तहले ११५ जनालाई मात्र ‘क्वारेन्टाइन’मा राखेर रेखदेख गरेको छ । प्रशासनले अन्य ७० जनाको खोजी गरिरहेको जनाएको छ ।

इलाका प्रहरी कार्यलय स्याँडीले बुधबारमात्र १८५ जना भारतबाट आइ बझाङ प्रवेश गरेको जनाएको छ ।

सम्पर्कमा नआएका ७० जना घर गएको हुनसक्ने आशंका गरिएको छ ।

थलारा गाँउपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा ४२ जना राखिएको छ ।

भारतबाट आएका ६२ जनामध्ये ४३ जनालाई कफलसेरीको नयाँ स्वास्थ्यचौकीको भवनमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।

अन्य २० जना सम्पर्कमा नआएको जिल्ला स्वास्थ्य कार्यलय बझाङले जनाएको छ ।

भारतबाट आएका तल्कोट गाँउपालिकाका २४ वर्षीय पुरुषलाई ज्वरो आएका कारण जिल्ला अस्पतालको ‘आइसोलेसन वाड’मा राखेर उपचार गरिरहेको जिल्ला अस्पतालका कार्यालय प्रमुख डा. सन्दीप ओखेडाले बताए ।