काठमाडौं, चैत १३ । कोटेश्वर बहुमुखी क्याम्पसले कोरोनाभाइरसको महामारीबाट बच्नका लागि ‘क्वारेन्टाइन’मा बस्न आफ्नो भवन दिने निर्णय गरेको छ ।
क्याम्पसले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेर क्वारेन्टाइनका लागि क्याम्पस भवन दिने जानकारी गराएको हो ।
क्याम्पस प्रमुख गोविन्दबहादुर कार्कीले राज्यले अहिले नागरिकको सुरक्षाका लागि ‘सेल्फ क्वारेन्टाइनमा बस्नू’ भनेकाले कोरोना संक्रमित वा छुट्टै क्वारेन्टाइनमा बस्नुपर्ने नागरिकका लागि क्याम्पस भवन दिएर सरकारलाई सहयोग गर्न तयार रहेको बताए ।
उनले विपद् परिस्थितिको सामना गर्न र सरकारको कदमलाई सघाउनका लागि क्याम्पस भवन दिनु आफूहरुको पनि दायित्व भएको बताए ।
कोटेश्वर बहुमुखी क्याम्पसको काठमाडौं महानगरपालिका वडा नम्बर–३२, जडीबुटीमा रहेको आफ्नो भवनका कम्तीमा १० ओटा कोठाहरु क्वारेन्टाइनका लागि उपयोग गर्न दिने क्याम्पस प्रमुख कार्कीले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्