काठमाडौं, चैत १३ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वभरि महामारीको रुप लिएको कोरोनाभाइरस नियन्त्रण एवं रोकथामका लागि सरकारको निर्देशन पालना गर्न अपिल गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेतासमेत रहेका नेपालले कोरोनाको प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतना अपाउन सबैमा बिहीबार अपिल गरेका हुन् ।
‘कोभिड–१९ को प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतना अपनाउन सबैमा अपिल गर्दछु’–नेपालले भनेका छन्–‘संक्रमणको सम्भावित जोखिमबाट जोगिन केही दिन घरभित्र बस्न र नियन्त्रणका लागि सरकार तथा विश्व स्वास्थ्य संगठनको निर्णय एवं निर्देशनलाई पालना गर्न आह्वान गर्दछु ।’ रासस









प्रतिक्रिया दिनुहोस्