Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


आयातमा उच्च वृद्धि, बढ्दो व्यापार घाटा


130
Shares

काठमाडौं । मुलुकमा यो वर्ष आयात निर्यात दुवै बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ को आठ महिनामा आयात ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजार रहेकोमा चालू आर्थिक वर्षको सो अवधिमा बढेर १३ खर्ब ८७ अर्ब ३४ करोड ८५ लाख पुगेको छ । यस्तै अघिल्लो वर्ष फागुन महिनामा ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजार रुपैयाँको वस्तु तथा सेवा आयात निर्यात भएकोमा चालू आवको सो अवधिमा निर्यात बढेर एक खर्ब ४७ अर्ब ७४ करोड ६० लाख पुगेको छ । चालू आर्थिक वर्षमा आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात हुन नसक्दा व्यापार घाटा बढेर १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख रहेको छ ।

एक वर्षको अवधिमा आयात निर्यात दुवै बढेको छ । आठ महिनाको अवधिमा निर्यात झन्डै दोब्बर बढ्नु सकारात्मक भए पनि कच्चा पदार्थ आयात गरेर पुनः रिफाइन गरेर भ्यालु एड गरेर निर्यात हुँदा यसको दीर्घकालीन नहुने विज्ञहरूको भनाइ छ । १ सय ४७ अर्बको वस्तु निर्यात हुँदा ५० प्रतिशत निर्यात भने स्वयबिन र पाम आयलको रहेको छ । जुन कच्चा पदार्थ बाहिरबाट आयात गरिएको हो । भारतले पाम आयल जुनसुकै बेला पनि प्रतिबन्ध लगाउन सक्छ ।

चालू आर्थिक वर्षको आठ महिनामा स्वयबिन तेल ४१ अर्ब ४० करोड १७ लाख ८ हजार रुपैयाँको निर्यात भएको छ । गत वर्ष सो अवधिमा २३ अर्ब १२ करोड ६२ लाख रुपैयाँको निर्यात भएको थियो । त्यस्तै आठ महिनामा ३५ अर्ब ३३ करोड ८० लाख ७६ हजार रुपैयाँको पाम आयल निर्यात भएको थियो । ८ अर्ब ४५ करोड २१ लाख १० हजार रुपैयाँको यार्न कटन निर्यात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ५ अर्ब १० करोड ४० लाख ८८ हजार रुपैयाँको कटन निर्यात भएको थियो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Skip This