Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक चैत २३ मा


0
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरि स्थगित गरिएको छ ।

कोरोना संक्रमणलाई ध्यान दिँदै भोली दिउँसो एक बजेका लागि बोलाइएको बैठक २३ गते आइतबार १ बजे सम्मका लागि स्थगित भएको हो ।

यसअघि फागुन २९ गते राखिएको बैठक कोरोना संक्रमणलाई ध्यान दिँदै चैत ७ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

त्यसपछि सूचना टाँसेर रोकिएको बैठक फेरि २३ गतेसम्मका लागि सारिएको संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले जानकारी दिए ।

राष्ट्रियसभाको बैठक भने अर्को सूचना नभएसम्म स्थगित गरिएको छ ।