बागलुङ । कोरोना भाइरसको जोखिम रोक्नका लागि बागलुङमा नेपाली सेना परिचालन गरिने भएको छ ।
देश लकडाउन गर्दासमेत नागरिकले अटेर गरेपछि कोरोनाको बढ्दो जोखिम न्युनीकरण गर्न सेना परिचालन गरिने प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले जानकारी दिए ।
देश लकडाउन गरिए पनि नागरिकहरु बजारमा एकल र सामुहिक रुपमा हिँड्ने क्रम जारी छ । उनीहरु मुखमा मास्कसमेत नलगाई खुलेयाम हिँडेको पाइएको छ ।
जिल्लामा लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन गर्न स्थानीय प्रशासन ऐन २०२० को दफा ६ को उपदफा ३ बमोजिमको निषेधाज्ञा जारी गरिएको र सोही ऐनको दफा ६ को उपदफा २ बमोजिम जिल्लास्थित नेपाली सेना अर्जुनवाण गण घोडाबाँधे ब्यारेकलाई परिचालित हुन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी सैजुले जानकारी दिए ।
स्थितिको अवलोकन, सेनाका स्वास्थ्यकर्मीको परिचालन, क्वारेनटाइन निर्माण तथा मानिसहरुलाई घरभित्रै सुरक्षित रहनका लागि प्रहरीलाई सघाउने भुमिकामा नेपाली सेना रहने उनको भनाई छ ।
संक्रामक रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई सोही बमोजिम सजाय हुने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्