Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


जुम्लामा ‘लकडाउन’ कार्यान्वयन नभएपछि ‘निषेधाज्ञा’


0
Shares

जुम्ला । कोरोनाको नियन्त्रण र रोकथामका  लागि उच्च सतर्कता अपनाउन निषेधाज्ञा जारी गरिएको छ ।

जुम्लाका  प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले लकडाउन पालना राम्रो नभएकाले निषेधाज्ञा गरिएको जानकारी दिइन् ।

प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेधाज्ञामा औषधोपचार, खाद्यान्न अपूर्ति र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आदेश गरिएको छ ।

अनुमतिप्राप्त गाडी तथा सुरक्षा र स्वास्थ्यकर्मीका गाडीबाहेक अन्यमा निषेधाज्ञा जारी गरिएको प्रजिअ बञ्जाडेले बताइन् ।

निषेधाज्ञा जारी गरेपछि अहिले जिल्ला सदरमुकाम बन्द भएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञामा अतिआवश्यक औषधि र खाद्यवस्तु खरीद गर्न बिहान ७ बजेदेखि ९ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म समय निर्धारण गरिएको छ ।

स्वास्थ्य कक्षहरुमा नेपाली सेना खटाइएको प्रजिअ बञ्जाडेले जानकारी दिइन् ।